मकवानपुरको बकैया गाउँपालिकामा गएराति चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बकैया– ११ आहालडाँडाका करिब ५५ वर्षीय आइतसिंह भोलनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले दिएको जानकारीअनुसार उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । आइतसिंहको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको छ ।