समानुपातिक बन्दसूची दर्ता गराउँदै दलहरू

सोमबार, ३ असोज, २०७९
डिजिटल संस्करण
समानुपातिक बन्दसूची दर्ता गराउँदै दलहरू

समानुपातिक उम्मेदवारकाे बन्दसूची दर्ताकाे कारण साेमबार निर्वाचन आयोगमा निकै घुइँचाे रह्याे । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका


आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको सूची बुझाएका छन् । 
निर्वाचन आयोगले दिएको निर्धारित समय आजसम्ममा सूची बुझाउनुपर्ने भएकाले दलहरूले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची दर्ता गराएका हुन् । अहिले पनि केही दलले सूची दर्ता गराइरहेका छन् । 

आयोगले हिजो र आज बन्दसूची दर्ता गर्ने निर्वाचन कार्यक्रम तय गरेको थियो । त्यसक्रममा हिजो ६ दलले बन्दसूची पेश गरेका थिए । आज एमाले, कांग्रेस, माओवादीलगायतका ठूला दलसहित अन्य थुप्रै दलले सूची बुझाएका छन् ।  
 

सुझावित समाचार