जुरी ठाकुर दुई दशकदेखि हेयर स्टाइलिस्टका रूपमा सक्रिय छन् । प्रचण्ड, शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेललगायत नेताहरूको कपालमा उनले कैँची चलाइसकेका छन् । कलाकारहरूका त उनी प्रिय हेयर डिजाइनर नै हुन् । भुवन केसी, दिलीप रायमाझी हुँदै उनले अहिलेको पुस्ताका स्टार कलाकार अनमोल केसी, प्रदीप खड्कालगायतको कपाल काट्ने गरेका छन् । छक्कापन्जा–४, लक्का जवानलगायतका फिल्मसहित दर्जनौँ म्युजिक भिडियोमा हेयर डिजाइनरका रूपमा काम गरेका ठाकुरको नजरमा कुन सेलेब्रिटीलाई कस्तो कपाल सुहाउला ?
राजेश हमाल : ठूलो फेस छ । अलि लामो कपाल सुहाउँछ । धेरै लामो पनि होइन । मिडियम साइजको जिकज्याक गरेको हेयर स्टाइल उहाँलाई निकै सुहाउँछ ।
दयाहाङ राई : कपाल छोटो बनाएको सुहाउँछ । स्लोपमा काटेर हल्का अगाडि पारेको सुहाउँछ । रेजर स्टाइलमा राम्रो देखिन्छ ।
मिरुना मगर : मंगोलियन फेस छ । केराटिन गरेर कपाल स्टेट गरेको सुहाउँछ ।
आँचल शर्मा : कपाल छोटो बनाउनुभएको छ । स्टेप कटमा उहाँलाई सुहाउँछ ।
शेरबहादुर देउवा : मिडियम मोटो कपाल सुहाउँछ । तीन नम्बरमा मेसिन लगाएर छोटो बनाउँदा अझ राम्रो हुन्छ ।
पुष्पकमल दाहाल प्रचण्ड : उहाँलाई स्लोप कटमा सुहाउँछ ।
बाबुराम भट्टराई : अगाडिको कपाल थोरै छ । नर्मल हेयर स्टाइलमा राम्रो देखिन्छ ।
उपेन्द्र यादव : मोटो कपालमा सुहाउँछ । मिडियम साइजमा बनाउँदा राम्रो हुन्छ । नर्मल हेयर स्टाइलमा राम्रो देखिन्छ ।
डा. सन्दुक रुइत : उहाँलाई स्लोप कट सुहाउँछ । अगाडि हल्का लामो र पछाडि हल्का छोटोमा उहाँको व्यक्तित्व खुल्छ ।
स्वस्तिमा खड्का : उहाँ पातलो हुनुहुन्छ । लामो कपालमा पनि सुहाउँछ । सिम्पलमा हल्का–हल्का कर्ली गरेको बढी सुहाउँछ ।
पूजा शर्मा : लामो कपाल छ । कर्ली कपालमा राम्रो देखिन्छ । सिल्की कपालमा पनि सुहाउँछ, अझ कर्ली कपालमा बढी सुहाउँछ ।
गगन थापा : स्लोप कटमा राम्रो देखिन्छ ।
योगेश भट्टराई : फेस गोलो–गोलो छ । नर्मल स्टाइलमा कपाल बनाउँदा राम्रो हुन्छ ।
जनार्दन शर्मा : छोटो–छोटो कपाल बनाएर नर्मलमा अगाडि हल्का ठाडो पारेको सुहाउँछ । स्लोप कटमा सुहाउँछ ।
प्रदीप खड्का : छोटो कपालमै राम्रो देखिन्छ । सिम्पल हेयर कटमा सुहाउँछ ।
अनमोल केसी : फेसअनुसार छोटो कपालमा सुहाउँछ । सिम्पल हेयर स्टाइल गरेको सुहाउँछ ।
पुष्प खड्का : मिडियम साइजको कपाल राखेको सुहाउँछ । सिम्पल कटको हेयरस्टाइल राम्रो देखिन्छ ।
विनोद चौधरी : उहाँलाई मिडियम कटमा सुहाउँछ । धेरै लामो पनि होइन, धेरै छोटो पनि होइन ।
अनिलकेशरी शाह : उहाँले प्रायः छोटो कपाल पाल्नुहुन्छ र ढाकाटोपी लगाउनुहुन्छ । त्यसमा उहाँलाई राम्रो सुहाएको छ । कपाल धेरै नभएकाले उहाँलाई छोटै सुहाउँछ ।