फस्टाउँदै ट्याटु कल्चर : युवापुस्तालाई मन पर्छ यस्ता डिजाइन

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण
सन्दीप लामा, सञ्चालक ट्याटु हाउस, काठमाडौं 

पछिल्लो समय काठमाडौंसहित नेपालका मुख्य सहरमा पनि ट्याटु कल्चर फस्टाउँदो छ । विशेषगरी पोखरा, धरान, चितवनलगायतका क्षेत्रमा ट्याटु बनाउनेहरू बढ्न थालेका छन् । ट्याटुप्रति पहिले नकारात्मक बुझाइ थियो ।

तर, अहिले बिस्तारै मानिसले यसलाई कला, सुन्दरता, धर्म र प्रेमसँग जोड्न थालेका छन् । जसकारण ट्याटुलाई हेर्ने दृष्टिकोण बदलिएको छ । ट्याटु विशेषगरी युवापुस्ताले खोपाउँछन् ।

तर, ४० कटेका केही वयस्कमा पनि ट्याटुको सौख देखिन्छ । अहिले प्रायः युवाहरू बुद्धको चित्र, गणेशको चित्र खोपाउने गर्छन् ।

धर्मप्रति आस्था राख्नेहरूलाई पनि ट्याटुको सौख छ भन्ने नै यसको संकेत हो । युवापुस्तालाई मन पर्ने ट्याटुका केही डिजाइन यस्ता छन् : 

एनिमल ट्याटु : जनावरको ट्याटु युवापुस्ताको रोजाइमा पर्ने गरेको छ । सिंह, बाघ र पुतलीको ट्याटु धेरैले खोपाउँछन् । त्यस्तै, बिच्छी,ड्र्यागन, सर्प, माछा, बिरालो, फ्याउरो, हात्तीलगायतका ट्याटु पनि युवापुस्ताले मन पराउँछन् । 

धार्मिक ट्याटु : गणेश भगवान्, महादेव, काली, बुद्धलगायत देवी–देउताका ट्याटु युवापुस्ताको रोजाइमा पर्ने गरेको छ । मण्डला ट्याटु पनि धार्मिकअन्तर्गत नै पर्छ । यो पनि धेरैले मन पराउँछन् । 

कुन भागमा खोपिन्छ ? 

अधिकांशले मण्डला ट्याटु खुट्टाको पछाडि भागमा खोपाउँछन् । यो राम्रो पनि देखिन्छ । ट्याटु सकेसम्म देखिने भागमा खोपाउँदा राम्रो हुन्छ । पुरुषले पाखुरा र खुट्टामा बढी ट्याटु हानेका हुन्छन् । कतिपय पुरुषले छातीमा पनि बनाएका हुन्छन् । महिलाले पुतलीको डिजाइन र लभको डिजाइन बनाएर ट्याटु खोपाउँछन् ।  कतिपयले आफ्नो प्रेमी–प्रेमिकाको नाममा पनि ट्याटु खोपाएका हुन्छन् । 

ट्याटु खोपाउँदा राम्रो डिजाइन छानेर खोपाउनुपर्छ । हामीले विभिन्न थरीका डिजाइन देखाइदिन्छौँ । त्यसपछि कुन डिजाइन छान्ने भनेर देखाउँछौँ, अनि मात्रै ट्याटु खोपाउँछौँ । 

ट्याटु खोपाएपछि ध्यान दिनुपर्ने कुराहरू 

- पहिलो दिन : ट्याटु बनाएको ३–४ घन्टापछि साबुनपानीले राम्रोसँग सफा गर्ने र सुक्खा टिस्यु पेपरले पुछेर सुक्खा बनाउने । 
- दोस्रो दिन : पहिलो दिनजसरी नै बिहान बेलुका साबुनपानीले धुने अनि भ्यास्लिन दिनको ३–४ पटक थोरै मात्रामा लगाउने ।
- तेस्रो दिन : दोस्रो दिनको जस्तै गरी बिहान–बेलुकी साबुनपानीले सफा गर्ने र ३–४ पटक भ्यास्लिन लगाउने । 
- ४ देखि १० औँ दिन : साबुनले सफा गर्नुपर्दैन । ३–४ दिन भ्यास्लिन लगाउँदा पुग्छ । ट्याटु खोपेको १० दिनभित्र खोपेको ठाउँमा पाप्रा लाग्ने र चिलाउन थाल्छ । तर, प्राप्रा निकाल्नुहुँदैन र पाप्रा पनि निकाल्नुहुँदैन । ट्याटु बनाएको दिनदेखि एक महिनासम्म घाम र पानीबाट जोगाउनुपर्छ । 

See More On

सुझावित समाचार