कञ्चनपुर १ बाट पूर्वमन्त्री विना मगर सर्वसम्मत सिफारिस

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि विना मगरको नाम सर्वसम्मत सिफारिस गरेको छ। बिहीबार माओवादी केन्द्र क्षेत्र १ को बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि पूर्वमन्त्रीसमेत रहेकी सांसद विना मगरको एकल नाम सिफारिस गरेको हो।

माअोवादी केन्द्र कञ्चनपुरका नेता दीपक तिमिल्सेनाले क्षेत्र नम्बर १ बाट संघीय उम्मेदवारका लागि मगरको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए। माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य रहेकी मगर ०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएकी थिइन्।

०७४ मा कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई दोब्बर मतले पराजित गर्दै निर्वाचित भएकी थिइन्। सांसद निर्वाचित भएसँगै खानेपानीमन्त्री भएकी थिइन्। भारतसँग सीमा जोडिएको, विकासका दृष्टिकोणले पछाडि परेको क्षेत्र भएकाले क्षेत्र १ को समृद्धिका लागि मगरलाई अघि सारिएको माओवादी केन्द्रका स्थानीय नेताहरूले बताएका छन्।

सुझावित समाचार