बुरुन्डीका राष्ट्रपति इवरिस्ते नदिस्मियेले प्रधानमन्त्री र एक उच्च सहयोगीलाई पदबाट बर्खास्त गरेका छन् । अशान्त मध्यअफ्रिकी बुरुन्डीमा जटिल राजनीतिक चलखेल बढेपछि पूर्वसैन्य जनरलले एलेन गुइलाउम बुन्योनी र सेनाप्रमुख जनरल गेब्रियल निजिगामालाई बर्खास्त गरेका हुन् ।
उच्चपदस्थ दुई अधिकारीको बर्खास्तसँगै हतारमा बोलाइएको संसद्को अधिवेशनमा सांसदहरूले सुरक्षामन्त्री गेरवाइस नदिराकोबुकालाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको राष्ट्रिय प्रसारक आरटिएनबीले जनाएको छ ।