लमजुङबाट प्रत्यक्षतर्फ एक मात्रै महिला उम्मेदवार सिफारिस

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फ एकजना मात्र महिला उम्मेदवार सिफारिस भएकी छिन् । नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य पदका लागि प्रत्यक्षतर्फ महिला उम्मेदवार सिफारिस भएकी हुन् ।

माओवादीबाट गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी हुन् । उनी प्रतिनिधिसभामा समानुपातिकतर्फबाट पनि सिफारिसमा परेकी छिन् । 

लमजुङमा समानुपातिकतर्फ भने २९ जना महिलाको नाम सिफारिस भएको छ । प्रतिनिधिसभातर्फ आठजना र प्रदेश सभा सदस्यतर्फ २१ जना महिलाको नाम सिफारिस भएको हो ।

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट तीनजना, नेकपा एमालेबाट दुईजना, माओवादी केन्द्रबाट दुईजना र नेपाल समाजवादी पार्टीबाट एकजना महिलाको नाम उम्मेदवारका लागि सिफारिस भएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ महिलाको नाम भने सिफारिस भएको छैन ।

See More On

सुझावित समाचार