नेपाली कांग्रेस जुम्लाले प्रतिनिधिसभा र प्रदेश सभाको नाम टुंगो लगाएको छ। आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको हो।
शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारका नाम टुंगो लगाएर केन्द्रमा पठाएको पार्टीसचिव अर्जुनसिंह कठायतले बताए। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फ ८ जनाको नाम रहेको छ।
यस्तै, प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरिएको छ। प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १२ जना नाम सिफारिस भएको कांग्रेस जुम्लाले जनाएको छ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देवेन्द्रबहादुर शाही, केन्द्रीय सदस्य कान्तिका सेजुवाल र जिल्ला पार्टी सभापति कर्णबहादुर शाहीको नाम सिफारिस गरेको जनाएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ गीता शाही, जयहरि आचार्य, परेकलाल धर्ती, भीमनिधि हमाल, लक्ष्मीप्रसाद आचार्य, लालबहादुर जिसी, लाल हमाल र कान्तिका सेजुवालको नाम सिफारिस गरिएको छ।
प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ अर्जुनसिंह कठायत, खड्कबहादुर सेजुवाल, दिनबन्धु श्रेष्ठ, लक्षिमन बोहरा, ललितजंग शाहीको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ उमा बुढा रावत, कर्मा बुढा, कौशिला नेपाली, गोविन्द्रबहादुर शाही, तुलबहादुर रावत, दीपक शाही, धनकृष्ण नेपाली, नेत्रकला शाही र दिलबहादुर महतको नाम सिफारिसमा परेको छ।
त्यसैगरी, पुन्नकली महतारा, वीरेन्द्रबहादुर मल्ल, विष्णुबहादुर सुनार, महेन्द्र कार्की, रतनसिंह बुढा, लक्ष्मी कार्मी, माया सार्की, श्रीकृष्ण कार्मी, रामकृष्ण न्यौपाने र जंगवीर नेपालीको नाम समानुपातिकतर्फ सिफारिस भएको छ।
प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ दीपबहादुर शाही, देवलसिंह रावल, पूर्णप्रसाद आचार्य, महेन्द्रनिधि हमाल, लंकबहादुर शाही र हरिकृष्ण हमालको नाम सिफारिस भएको जनाएको छ। समानुपातिकतर्फ धनबहादुर बस्नेत, अकलबहादुर शाही, उर्मिला खत्री भण्डारी, गगनबहादुर रोकाया, चक्रबहादुर शाही, नरवीर रावत, छत्रबहादुर शाही, विश्वराज काफ्ले, लक्ष्मीप्रसाद आचार्य, तुंगनाथ उपाध्याय, नवराज शर्मा र रविलाल आचार्यको नाम सिफारिस भएको जनाएको छ।