अर्थतन्त्रमा भारतको छलाङ

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

अर्थतन्त्रमा भारतले ठूलो छलाङ मारेको छ । भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । टाइम्स अफ इन्डियाका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तथ्यांकले भारत अब विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको देखाएको हो ।

हाल भारतको कुल गार्हस्थ उत्पादन (जिडिपी) तीन हजार आठ सय ९४ अर्ब डलर रहेको छ । एक दशकअघिसम्म भारतको अर्थतन्त्र विश्वको ११औँ स्थानमा थियो । एक दशककै अवधिमा भारतले ठूलो फड्को मारेको हो । 

आइएमएफको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा भारतीय अर्थतन्त्र सात प्रतिशतभन्दा बढीले वृद्धि हुनेछ । अहिले विश्वको कुल जिडिपीमा भारतको हिस्सा ३.५ प्रतिशत छ । पहिलो स्थानमा रहेको अमेरिकाको २४.१,  चीनको १९.८०, जापानको ४.८ र  जर्मनीको ४.१ प्रतिशत हिस्सा छ ।
 

सुझावित समाचार