सत्तागठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण
सत्तागठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने

फाइल फाेटाे

सत्तागठबन्धन दलहरूको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। सिट बाँडफाँडबारे टुंगो लगाउन बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्न लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

यसअघि आज बिहान गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा बैठक बसेको थियो। सिट बाँडफाँडको विषयलाई अन्तिम टुंगो दिने गरी आजै ३ बजे पुनः बैठक बस्न लगोको हो। गठबन्धनमा सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक भोलि सोमबार बस्दै छ।

सुझावित समाचार