नेप्से परिसूचक १.०८ अंकले घट्यो

बिहिबार, १६ भदौ, २०७९
डिजिटल संस्करण

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीबार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंक बढेको छ ।

बिहीबार कारोबारमा आएका दुई सय २५ कम्पनीको ३९ लाख ५५ हजार कित्ता सेयर एक अर्ब ३८ करोड ३४ लाख ६२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । बुधबारको भन्दा कारोबार रकम थोरै अंकले बढेको छ । बुधबार एक अर्ब १२ करोड ६२ लाख १८ हजार आठ सय ६१ रुपैयाँबराबरको कारोबार भएको थियो । 

नेप्सेका १३ उपसमूहमध्ये सात उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक बढेको छ । बाँकी अन्य समूहको परिसूचक घटेको छ । 

बिहीबार नेप्से ओरालो लागे पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य  सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अपर हेवाखोलाको सेयरमूल्य साढे ६ प्रतिशत बढेको छ । तर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र गणपति लघुवित्तको सेयर मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ । आज नेपाल टेलिकमको १२ करोड २७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

See More On

सुझावित समाचार