जंगली हात्तीको आक्रमणमा परी शुक्लाफाँटामा एक महिलाको मृत्यु

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

कञ्चनपुरमा जंगली हात्तीको आतंक रोकिएको छैन। ६ भदौमा बेदकोट नगरपालिका–१ रडाहकी दुर्गा महरामाथि आक्रमण गरेको एक सातापछि जंगली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाकी २२ वर्षीया मीरा जोशीमाथि आक्रमण गरेको छ।

सोमबार राती ८ बजेतिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको जोशीको घर नजिकै बाँसको झाडीमा आएको हात्तीको बथानको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए।

सुझावित समाचार