केन्यासँगको तेस्रो टी–२० म्याचमा नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरको खेलमा दुई विकेटको क्षतिमा १५६ रन बनाएपछि नेपालले १५७ रनको लक्ष्य पाएको हो।
केन्याका रकिव पटेल र इरफान करिमले अर्धशतक बनाए। पटेल ७३ र करिम ५६ रनमा अविजित रहे। अब केहीबेरमा नेपाल ब्याटिङमा उत्रनेछ।
पाँच टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत नेपाल र केन्याबीचको यो तेस्रो टी–२० म्याच हो। नैरोबीस्थित जिमखाना मैदानमा भइरहेको खेलमा केन्याले टस जितेर ब्याटिङ रोजेको थियो।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। अघिल्ला दुई म्याच खेलेका मोहम्मद आसिफ सेख र बसिरको स्थानमा साहब आलम र अर्जुन सेनलाई मौका दिइएको छ। अर्जुनले आज अन्तर्राष्ट्रिय म्याचमा डेब्यु गरेका छन्।