नेपालमा मुद्राको सुरुवात

अर्थ इतिहास

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

हामी अहिले कागजको नोट र सिक्का प्रयोग गरिरहेका छौँ । यसअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले १० रुपैयाँको प्लास्टिकको नोट प्रचलनमा ल्याएका थिए । यद्यपि, त्यो खासै प्रयोगमैत्री देखिएन । उहिले–उहिले नेपालमा चाँदी, तामाका सिक्का पनि चलनमा थिए । त्यो क्रम अब हराइसकेको छ । कतिसम्म भने अहिले एक र दुईका नोट देख्न पनि मुस्किल भइसकेको छ । 

मुद्राकै कुरा गर्दा नेपालमा लिच्छवीकालीन राजा मानदेवबाट सुरु भएको इतिहासमा पाइन्छ । उनले प्रचलनमा ल्याएको मुद्रालाई मानांक भनिन्थ्यो । पछि राजा अंशुवर्मा, नरेन्द्रदेवलगायतले पनि यसलाई निरन्तरता दिए । त्यतिवेला छालाबाहेक माटाको पनि मुद्रा चलाइन्थ्यो । पछि मल्लकालीन राजा महिन्द्र मल्लले पहिलोपटक चाँदीको मुद्रा जारी गरे, जसलाई महेन्द्र मल्ली भनिन्थ्यो । नेपालमा कागजी नोटको सुरुवात वि.सं. २००२ मा भएको पाइन्छ । 

See More On

सुझावित समाचार