अरिंगालले टोक्दा रामेछापमा वृद्धको मृत्यु

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण

घरनजिकैको खरबारीमा घाँस काट्ने क्रममा अरिंगालले चिल्दा लिखु तामाकोसी गाउँपालिका–४ कल्लेरीका ७५ वर्षीय टेकबहादुर सिंजालीमगरको शनिबार मृत्यु भएको छ। शुक्रबार दिउँसो वस्तुलाई घाँस काटेर ल्याउँछु भन्दै घरनजिकैको खरबारीतर्फ गएका मगर रातिसम्म घर नफर्किएपछि उनलाई खोज्न घरपरिवारका सदस्यहरू जाँदा मगर भुइँमा अचेत अवस्थामा लडिरहेको र उनलाई अरिंगालले टोकिरहेको भेटिएको हो। 

परिवारका सदस्यले मगरलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी धोबीमा भर्ना गरिएको थियो। स्वास्थ्य चौकी धोबीमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बीचबाटोमा नै मगरको ज्यान गएको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिए। 

सुझावित समाचार