सात करोड १९ लाख कित्ता प्राथमिक सेयर निष्कासनको पर्खाइमा

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

नेपाल धितोपत्र बोर्डमा आइपिओ (प्राथमिक सेयर) निष्कासनका लागि आवेदन दिएका कम्पनीको सात करोड १९ लाख २८ हजार सात सय पाँच कित्ता सेयर पाइपलाइनमा रहेका छन् । १६ जलविद्युत् कम्पनी, दुई इन्स्योरेन्स कम्पनी, दुई माइक्रो फाइनान्स कम्पनी, एउटा लगानीगत कम्पनी, दुई होटेल, तीन उत्पादनमूलक कम्पनी र अन्य समूहमा रहेका तीनवटा गरी २९ वटा कम्पनीहरूको १० अर्ब चार करोड ८८ लाख २८ हजार मूल्यबराबरको सेयर निष्कासनको तयारीमा रहेका छन् ।

बोर्डका अनुसार प्रारम्भिक चरणमा १९ वटा कम्पनीहरू रहेका छन् । सात अर्ब ५० करोड रुपैयाँबराबरको चार करोड ६४ लाख ९७ हजार कित्ता सेयर रहेको छ । यी कम्पनीहरूले बोर्डमा सेयर निष्कासनका लागि आवेदन दिएको र थप कागजपत्र बुझाउने पक्रियामा रहेका छन् ।

त्यस्तै, पहिलो चरणको कागजपत्रलाई पुनरावलोकलन गरी थप कम्पनीको विवरण बुझाउन बाँकी रहेका चारवटा कम्पनी छन् । ९८ करोड २० लाख रुपैयाँबराबरको ९८ लाख २० हजार कित्ता सेयर यस चरणमा रहेका छन् । त्यस्तै, तेस्रो चरणमा पुगेर कम्पनीको विस्तृत जवाफ र समीक्षाअन्तर्गतमा ६ वटा कम्पनी रहेका छन् । यस चरणमा एक अर्ब ५६ करोड ११ लाख मूल्यबराबरको एक करोड ५६ लाख ११ कित्ता सेयर निष्कासनको तयारीमा रहेका छन् ।

सुझावित समाचार