विशेष अदालतले उदयपुरका लेखा अधिकृत रविनचन्द्र ढकाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गर्न १९ भदौमा पेसी तोकेको छ । ढकालमाथि तीनवटा मुद्दा दायर भएकोमा तीनवटैमा दोषी देखिएको विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए । ‘उहाँविरुद्ध कसुर ठहर भएको छ । सजाय निर्धारणका लागि दुवै पक्षको कानुन व्यवसायीबाट १७ भदौभित्र प्रतिवेदन माग गरी १९ गतेका लागि पेसी तोकिएको छ,’ योगीले भने ।
यो मुद्दामा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकाको नाममा रहेको सम्पत्ति जफत हुने भएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले यस्तो आदेश गरेको हो ।
ढकालले कटारी नगरपालिकामा कार्यरत रहँदा नगरपालिकाको सञ्चित कोषबाट तीन करोड ९७ लाख ५० हजार रुपैयाँ आफ्नो व्यक्तिगत खातामा स्थानान्तरण गरेको भेटिएको थियो । बैंकको किर्ते कागजात बनाई उनले ०७४ माघको आफ्नो तलबसमेत दोहोरो निकाली आफन्त तथा परिवारजनको खातामा राख्न लगाएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।
कुल तीन करोड ९८ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरी अख्तियारले २१ साउन ०७५ मा ढकालविरुद्ध मुद्दा दायर गरेको थियो । सो रकमबाट जग्गाजमिन खरिद गरेको तथा खातामा राखेको भन्दै श्रीमती रिना आचार्य, आमा प्रेमकुमारी दाहाल र काकी सावित्री प्याकुरेलको नाममा रहेको घरजग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो । अख्तियारले अनुसन्धानका क्रममा ढकालकी सासू तुलसादेवी आचार्यका नाममा पनि बैंक खातामा रकम रहेको भन्दै उनलाई पनि प्रतिवादी कायम गरी उक्त रकम जफत हुनुपर्ने दाबी गरेको थियो ।
यो मुद्दा विशेषमा विचाराधीन रहेकै वेला ढकालमाथि थप नयाँ उजुरी आएपछि पुनः अनुसन्धान गरी अर्को मुद्दा दायर भएको थियो । ढकाल जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा कार्यरत रहेका बखत गलत लिखत तयार गरी आफ्नो खातामा १४ लाख ८९ हजार रुपैयाँभन्दा बढी अनियमितता गरेको पुष्टि भएको थियो । यसमा पनि विशेष अदालतले उनलाई दोषी करार गरेको छ ।
लेखा अधिकृतले नगरपालिकाको चार करोड भ्रष्टाचार गरेको पुष्टि
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
झुटाे उजुरी दिने व्यक्तिलाई अख्तियारद्वारा दुई हजार जरिवाना
काठमाडाैं । नेपाल प्रहरीका डिआइजीले सहकारीको ऋण मिनाहा गरिदिने बहानामा ४० लाख रुपैयाँ मागेर धम्क्याएको भन्दै झुटाे उजुरी दि…
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीस…
दसैँमा घर फर्किनेको लर्काे : १० लाखले उपत्यका छाड्ने अनुमान
दसैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यका छाड्नेको संख्या बढ्दै छ । बसपार्क तथा बस छुट्ने विभिन्न नाकामा बिहानैदेखि झोला बोकेर गाउ…
संघीय सरकारसँग मुख्यमन्त्री सम्मेलनको माग : अविलम्ब प्रहरी, कर्मचारी, वित्तीय स्रोत र संरचना हस्तान्तरण गर
संघीयता कार्यान्वयनमा देखिएका कानुनी अस्पष्टता, प्रशासनिक दोहोरोपन र वित्तीय स्रोतको अभाव हटाउन संघ सरकारलाई नीतिगत तथा कानुनी सुधारका लागि दबाब दिन साझा मञ्च गठन
बन्दी प्रत्यक्षीकरणका रिटमा सर्वाेच्च अदालतको प्रस्ट व्याख्या
अनुसन्धान अधिकारीको गलत मनसाय नभएको अवस्थामा बन्दी प्रत्यक्षीकरणमार्फत हस्तक्षेप गर्न मिल्दैन
भोटेकोशी बाढी प्रभावित चार हजार १०८ घरधुरीलाई राहत वितरण
काठमाडौं/ रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका चार हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार र…