इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका कप्तान वेन स्टोक्सले ५० ओभरको एकदिवसीय (वानडे) खेल ४० ओभरमा झार्न सुझाव दिएका छन् । आइसिसीले यो फम्र्याटको क्रिकेट दोस्रो तरिकाबाट समेत गर्न सक्ने स्टोक्सको भनाइ छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिइसकेका स्टोक्सले घरेलु खेल तालिकापछि मात्रै आइपिएल–२०२३ खेल्ने÷नखेल्ने निर्णय लिने बताएका छन् । ३१ वर्षीय अलराउन्डर स्टोक्सले व्यस्तताको कारण भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए । यसअघि, उनले तीनै फम्र्याट (टी–२०, एकदिवसीय र टेस्ट) खेल्न सहज नभएको प्रतिक्रिया दिएका थिए ।
तनावले पाँच महिना मैदानबाहिर
स्टोक्सले सन् २०२१ मा पाँच महिनासम्म आफू मानसिक तनावमा रहेको बताए । तनावकै कारण खेलमा विश्राम पनि लिएको बताए । उनको जिवनीमा आधारित डकुमेन्ट्री पनि आउँदै छ । उनले भनेका छन्, ‘त्यसवेला मेरो भावनालाई बोतलमा हाल्न खोजेका थिए । फेरि एउटा समय बोतल भरियो र चकनाचुर भयो ।’ पछिल्लो वर्ष स्टोक्सले तनावमा जीवन बिताउनुपर्यो । सन् २०२० मा क्यान्सरका कारण उनको पिताको ज्यान गएको थियो । ‘एक समय मलाई क्रिकेट खेलसँग घृणा पनि जाग्यो । मेरो जीवनमा ठूलो उतारचढाव आयो । तर, मैले मैदानमा फर्कने निर्णय लिएँ ।’