रोजाइमा अम्रेला र सररा कुर्ता

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली बजारमा ६ हजारदेखि १० हजारसम्मका आकर्षक कुर्ता–सुरुवाल पाइन्छन् । अहिले विशेष गरी अमे्रला, पाकिस्तानी सररा र गररा कुर्ता–सुरुवाल चल्तीमा छन् । प्रायः कुर्ता–सुरुवाल जर्जेट, सिल्क, नेट र सिफनका कपडाबाट बनेका हुन्छन् । अहिले तिजको सिजन सुरु भएकाले बजारमा अम्रेला र सररा कुर्ताको माग बढेको छ । तिज महिलाका लागि धार्मिक, सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

अहिले प्रायः महिला परम्परागत पहिरनमा भन्दा कुर्ता–सुरुवालमा आकर्षित देखिन्छन् । साडी लगाउँदा सम्हाल्न झन्झटिलो पनि हुन्छ । हुन त कुर्ता–सुरुवाल र साडीको मूल्य उस्तै पर्न आउँछ । तर, कुर्ता–सुरुवाल लगाउँदा कम्फर्टेबल हुन्छ । शरीरको बनावटअनुसार फिटिङ गराउँदा महिलालाई स्मार्ट लुक्स पनि देखाउँछ । त्यसैले तिजलगायत पर्वमा कुर्ता–सुरुवाल महिलाको विकल्पको पहिरन बनेको छ । सहजताका दृष्टिले पनि म दिदीबहिनीहरूलाई कुर्ता–सुरुवाल लगाउन सिफारिस गर्छु । तिजमा कुर्ता–सुरुवाल विवाहित र अविवाहित दुवैलाई उत्तम हुन्छ । यो धेरै महँगो पनि हुँदैन । 

सररा कुर्ता
अहिले बजारमा सररा कुर्ता–सुरुवालको माग बढेको छ । यो झट्ट हेर्दा लेहेंगाजस्तो देखिन्छ । यसलाई छोटो कुर्ता पनि भनिन्छ । योसँगै गहनाहरू पनि मिलाएर लगाइयो भने स्मार्ट लुक्स दिन्छ । प्रायः यो रातो, पहेँलो र हरियो कलरमा म्याच हुन्छ । यो विवाहित महिलाका लागि मात्रै होइन, अविवाहित युवतीले माथि ब्लाउज र तल सररा लगायो भने लेहेंगा फ्लेबर आउँछ । विवाहित महिलाले तिलहरी लगाउँदा थप राम्रो लुक्स दिन्छ । 

तिजमा महिलाले रातो साडी नै लगाउनुपर्छ भन्ने सोच र टे«न्डमा परिवर्तन आएको छ । अहिले रातो, पहेँलो र हरियो कलरका अमे्रला र सररा कुर्ता–सुरुवाल नै ट्रेन्डिङमा छ । 
 

अम्रेला कुर्ता 
अमे्रला कुर्ता–सुरुवालको बजारमा अत्यधिक माग छ । यो कुर्ता लगाउँदा महिलालाई आकर्षक देखिने भएकाले माग धेरै भएको हो । यो कुर्ता बुटिकहरूले आकर्षक डिजाइमा तयार परेका हुन्छन् । यो कुर्ता दिदीबहिनीहरूले तिजमा लगाउँदा स्मार्ट लुक्स दिन्छ । यो घुँडाभन्दा तलसम्म आइपुग्छ । यसमा चुरीदार सुरुवाल र प्रिन्टेड सल मिलाइयो भने आकर्षक देखिन्छ । यो कुर्ता जर्जेट र सिफनबाट तयार गर्दा राम्रो हुन्छ । यो ६ हजारदेखि १० हजारसम्ममा तयार हुन्छ । 

पाकिस्तानी कुर्ता 
अहिले पाकिस्तानी डिजाइनका कुर्ता–सुरुवाल पनि चल्तीमा छ । यसमा ‘प्लाजो टाइप’को सुरुवाल लगाउँदा राम्रो हुन्छ । यसका लागि सल सिम्पल भए हुन्छ । यो पनि विवाहित र अविवाहित दुवै महिलाका लागि उपयुक्त हुन्छ । यसको मूल्य सात हजार पाँच सयदेखि १० हजारसम्म पर्छ । यो जर्जेट, नेट, सिफन, सिल्कमा तयार गरिएको हुन्छ । तिजमा यो कुर्ता लगाउँदा पनि सुहाउँछ । 

गररा कुर्ता
अहिले चलेको स्टाइलमध्ये एक हो, गररा कुर्ता–सुरुवाल । यो धेरै महिलाको रुचिमा पर्ने स्टाइल पनि हो । यसको डिमान्ड पनि बजारमा धेरै छ । महिलालाई गररा कुर्ताले पनि निकै आकर्षक देखिन्छ । यो विशेष गरी अविवाहित युवतीहरूको रोजाइमा छ । यो कुर्ता आफूले इच्छाएको रङ मिलाएर लगाउन सकिन्छ । यसको मूल्य पनि ६ हजारदेखि सात हजारसम्म पर्न आउँछ ।

सुझावित समाचार