आर्केस्ट्राका कलाकार प्रहरी नियन्त्रणमा, अश्लीलता प्रदर्शन गरेको आरोप

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

कृष्ण जन्माष्टमीको अवसरमा महोत्तरीको विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम तथा आर्केस्ट्राको आयोजना गरिएकोमा अश्लीलता पस्किने खालका दोहोरो अर्थ लाग्ने गीतमा नृत्य गर्ने कलाकारलाई प्रहरीले नियन्त्रणमा दिएको छ। गौशाला नगरपालिका- ११ कान्तिबजार तथा गौशालाकै निगौलबाट ९ जना महिला कलाकारसहित ३ जना पुरुषलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको हो।

सांस्कृतिक कार्यक्रमको लागि बोलाइएको भनिए पनि उनीहरू दोहोरो अर्थ लाग्ने गीतमा नृत्य प्रस्तुत गरिरहेको प्रहरीको भनाइ छ। यता शनिबार राति कलाकारहरूलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि नै स्थानीय युवाहरूले हुलहुज्जत गर्न खोजेको र कान्तिबजार प्रहरी चौकीमा ढुंगामुढासमेत गरेपछि दुईजनालाई नियन्त्रणमा लिई सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले मुद्दासमेत चलाएको छ। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। 

सुझावित समाचार