
- मानिसको पिठ्युँपछाडि कुरा नकाट्नुस् । कुरा काट्ने व्यक्तिलाई कसैले विश्वास गर्दैनन् ।
- अरूको भनाइलाई व्यक्तिगत रूपमा लिएर चित्त नदुखाउनुहोस् ।
- सफल बोसहरूसँग राम्रो सञ्चार सीप हुन्छ । उनीहरू अरू व्यक्तिबाट निरन्तर सिकिरहन्छन् । तिनले सिक्ने व्यक्तिमा आफूमातहतका कर्मचारी पनि पर्छन् ।
- कामअनुसारको पहिरन लगाउनुस्, आफूसँग भएको कपडा होइन ।
- शरीरलाई सही आकारमा राख्ने शारीरिक अभ्यास नियमित गर्नुस् ।
- असाधारण सीप नभएसम्म अस्वस्थहरू प्रतिस्पर्धामा पछि पर्छन् ।
- समयमा काम सकाउनलाई सक्दो मिहिनेत गर्नुस् । यदि समयमा काम गर्न सकिएन भने माफ मागेर थप समय माग गर्नुस् ।
- व्यक्तिगत निष्ठा महत्वपूर्ण हुन्छ । झुटो नबोल्नुस् । बोसले गल्ती माफी गर्न सक्छन्, तर तपाईंले झुट बोलेको पक्रिनुभयो भने तपाईंको जागिर जान सक्छ ।
- कर्मचारी संख्या घटाउने वेलामा थोरै साथी हुने कर्मचारी पहिले हटाइन्छन् । बोसहरू आफूले सम्मान गर्ने सक्षम मानिस खोज्छन् ।
- यसरी काम गर्नुस्, जसले तपाईंको बोसलाई राम्रो देखाओस् । र, यो कुनै चाप्लुसी होइन ।
- कसैको गल्ती देखाउनैपर्दा व्यक्तिगत रूपमा नजानुस् ।
- हरेक दिन आफूलाई समय दिनुस्, एकान्त ठाउँमा बसेर ‘मेरो जीवनको उद्देश्य के हो ? म के बन्न चाहन्छु ? त्यसतर्फ जान के गर्ने ?’ जस्ता विषयमा विचार गर्नुस् ।
- तपाईंको क्षमतालाई चुनौती दिने मानिससँग काम (संगत) गर्नुस्, चार वर्ष कलेजमा जानेको भन्दा बढी जान्नुहुनेछ ।
- यदि कोही व्यक्ति तपाईंसँग खुसी छैन भने त्यो उसको समस्या हो । तर, आफ्नो पक्षबाट सधैँ उत्कृष्ट दिने प्रयास गर्नुस् ।
- यदि तपाईं आफ्नो करिअरमा योजना कबाट अघि बढिरहनुभएको छ भने भर पर्न सकिने वैकल्पिक मार्ग अर्थात् योजना ख पनि बनाउनुस् ।
- सफलताको रहस्य कामप्रतिको बलियो चाहना हो भन्ने कुरा सधैँ सम्झनुस् । सधैँ ठूलो सोच्नुस् । माया र खुसी बाँड्नुस् । तपाईंको भावी मार्ग सुखमय हुन्छ ।