तीन दिनमा ७७४ गाडी फोहोर ल्यान्डफिल साइटमा पुग्यो

शुक्रबार, ३ भदौ, २०७९
डिजिटल संस्करण
तीन दिनमा ७७४ गाडी फोहोर ल्यान्डफिल साइटमा पुग्यो

फाइल तस्बिर

काठमाडाैं महानगरपालिकाकाे फाेहाेर लिएर आज २८७ गाडी बञ्चरेडाँडा  पुगेका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले आज सो संख्यामा फोहोरका गाडी ल्यान्डफिलसाइट पुगेको जानकारी दिएका हुन् । यसअघि बिहीबार २८४ तथा बुधबार २०३ गाडीले बञ्चरेडाँडा पुगेका थिए । 

मेयर साहले फोहोरका गाडीलाई ल्यान्डफिसाइटसम्म पु¥याउनका लागि सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् । काठमाडौलाई स्वच्छ र सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने उनको भनाइ छ । 

काठमाडौंमा घट्ने राम्रा नराम्रा घटनाले सिंगो देशलाई प्रभाव पार्ने विषयमा महानगर सचेत रहेको उनले बताएका छन् । 'काठमाण्डौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ । यस किसिमको चासो र खबरदारीको सधैँ आवश्यक रहन्छ । तपाईहरुको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि हामी आभारी छौँ ।’

सुझावित समाचार