एमालेले बहुमत ल्याउने गरी तयारी गरिरहेको छ : सचिव भट्टराई

शुक्रबार, ३ भदौ, २०७९
डिजिटल संस्करण
एमालेले बहुमत ल्याउने गरी तयारी गरिरहेको छ : सचिव भट्टराई

फाइल तस्बिर

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहेका भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने बताए । त्यसका लागि पार्टीका सबै विभागहरुले विज्ञहरुसँग छलफल गरेर सो घोषणा पत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भईरहेको उनको भनाइ थियो । 

'आउने दिनमा  नेकपा (एमाले) बहुमत ल्याएर प्रदेश र संघको सरकार संचालन गर्ने त्यो आकांक्षाका साथ हामी चुनावमा जाँदैछौं । त्यसो हुँदा हाम्रो घोषणा पत्र बढि व्यवहारिक, बढि उपयोगी, गर्न सकिने अनावश्यक पपुलारिटीको हिसावले होइन्, एउटा राजनीतिक दलको हिसावले भोली गर्न सकिने मुद्धाहरुमा केन्द्रित हुँदै व्यवहारिक मुद्धाहरुमा केन्द्रित हुँदै र विश्वव्यापी हाम्रा कमिटमेन्टहरुलाई पनि सम्बोधन गर्दै अगाडि जाने घोषणा पत्र हामी बनाउनेछौं’, उनले भने, ‘विषय विज्ञहरुसँग आवश्यक छलफल गरेर सो घोषणा पत्र तयार गरिनेछ । र, त्यो जनपक्षीय, नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्ने, आजका चुनौतिहरुलाई सम्बोधन गर्न सक्ने आज जनताको आकांक्षा अनुरुपको घोषणा पत्र बनाउन आमी सक्षम हुनेछौं ।’

सुझावित समाचार