हरेक मानिसले स्ट्यान्डर्ड र लगाउन सजिलो कपडा नै लगाइरहेका हुन्छन् । यसमा पनि कतिले जरुरीका लागि लगाउँछन् भने कतिले राम्रो देखिनका लागि लगाउँछन् । केही वर्षयता तुलनात्मक रूपमा नेपाली फेसन दुनियाँमा धेरै परिवर्तन आएको छ ।
अहिले दक्षिण एसियामा अन्य देशको कुरा गर्दा नेपाल अग्रस्थानमा छ । नेपाल पहिलेदेखि नै फेसनेबल देश हो । अन्य देशबाट भित्रिएका विभिन्न ब्रान्डका कपडा नेपालमा आउँथे । विदेशीहरू पनि किनमेल गर्थे । अहिले युवापुस्तामा डिजाइनका कपडा लगाउने चलन बढेको छ । पहिले कोट र पाइन्टबाहेक डिजाइन गरेर कसैले पनि लगाउँदैन थिए । अझ छोरी मान्छेको हकमा डिजाइन नगरेका कपडा लगाउने चलन नै थिएन । अहिले अधिकांशले डिजाइनका कपडा लगाएर हिँड्ने चलन बढेको छ ।
तुलनात्मक रूपमा पुरुषभन्दा महिला फेसनमा आकर्षित भएका छन् । यसले रोजगारको सिर्जना गरेको छ भने फेसनका कारण महिला सशक्तीकरणमा पनि सहयोग पुगेको छ । नेपाली मौलिक फेसन कहिल्यै पनि लोप हुँदैन । नेपालको मौलिक फेसन हराइसकेको छैन । किनभने, अझै पनि विभिन्न चाडपर्वमा मौलिक फेसन नै लगाइन्छ ।
त्यसैले पनि यो मौलिक फेसनको लोप हुन दिनु हुँदैन । गुन्यु–चोली, दौरा–सुरुवाल भनेको हाम्रो पहिचान पनि हो । आफूलाई सहज हुने कपडा लगाउन पाउनुपर्छ । नेपालीले विशेष गरी युरोपियन फेसन बढी फलो गरिरहेका छन् । युरोपको फेसनले बढी तान्छ ।
युरोपियन कल्चरलाई नेपालीले फलो गरिरहेका छन् । तर, एकैचोटि छुटाउन सकिँदैन । अन्य देश पनि युरोपियन फेसनतिर आकर्षित भएको देखिन्छ । फेसन भनेको मनोरञ्जन मात्रै होइन । पैसा कमाउने बाटो पनि हो । कोही पैसाको भरमा फेसन सोहरू गराइरहेका छन्, फेसन के हो भनेर बुझाउन खोजिरहेका छन् । यसका लागि अध्ययन चाहिन्छ । त्यसैले अध्ययनसँगै अनुभवको पनि उत्तिकै आवश्यकता पर्छ । भित्रैदेखि इच्छा हुनुपर्छ । रहरले मात्रै हुँदैन ।