४ मंसिरमा संघ र प्रदेशको निर्वाचन घोषणासँगै राजनीतिक दलहरू गृहकार्यमा जुटेका छन् । राजनीतिक दल मात्र होइन, स्वतन्त्र सांसदको रूपमा प्रतिनिधिसभामा रहेकाहरू पनि दौडमा लागेका छन् ।
यही क्रममा आज जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आज एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी सहयोग मागेका छन् ।
त्रिपाठी, ०७४ को निर्वाचनमा एमालेकै चुनावचिह्न सूर्यबाट उठेर निर्वाचित भएका थिए । त्यसैले आउँदो निर्वाचनमा पनि उनले एमालेसँग त्यस्तै सहयोगको आग्रह गरेका हुन् ।
तर, यसपटक ओलीले त्रिपाठीलाई कुनै वचन नदिएको ओलीनिकट नेताहरूले बताएका छन् । ‘अघिल्लो निर्वाचनमा विजयी भए एमालेमा प्रवेश गर्ने आशासहित त्रिपाठीलाई हामीले हाम्रै चुनावचिह्नमा निर्वाचन लड्न दिएका थियौँ,’ ती नेताले भने, ‘उनले निर्वाचन पनि जिते तर एमाले प्रवेश गरेनन् । त्यसैले यसपटक उनलाई सघाउन अध्यक्षले खासै रुचि देखाउनुभएको छैन ।’
ओलीले त्रिपाठीबाट आफूले सहयोग नपाएको महसुस गरेको ती नेताको भनाइ छ । ‘उहाँले एक्लो सांसद भए पनि हाम्रो अध्यक्षले उहाँ प्रधानमन्त्री भएका वेला त्रिपाठीलाई स्वास्थ्यमन्त्री बनाउनुभएको थियो । तर, त्रिपाठी एमालेमा भित्रन तयार भएनन्,’ उनले भने ।
ओली–त्रिपाठी भेट : त्रिपाठीले फेरि पाउलान् सूर्य ?
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
बिहीबार १० बजेसम्मका प्रमुख १० खबर
भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति भूमि व्यवस्था, सहकारी, सं…
विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली
काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अलोकतान्त्रिक, षड्यन्त्रकारी र पपुलिस्ट माध्यमबाट सरकार ढाल्ने प्र…
मूल्यसूची राख्न र बिल दिन राजमार्गका होटेललाई विभागको निर्देशन
काठमाडौं/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग-आसपासमा सञ्चालित होटेल, रेस्टुरेन्ट र खाजा…
झुटाे उजुरी दिने व्यक्तिलाई अख्तियारद्वारा दुई हजार जरिवाना
काठमाडाैं । नेपाल प्रहरीका डिआइजीले सहकारीको ऋण मिनाहा गरिदिने बहानामा ४० लाख रुपैयाँ मागेर धम्क्याएको भन्दै झुटाे उजुरी दि…
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीस…
दसैँमा घर फर्किनेको लर्काे : १० लाखले उपत्यका छाड्ने अनुमान
दसैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यका छाड्नेको संख्या बढ्दै छ । बसपार्क तथा बस छुट्ने विभिन्न नाकामा बिहानैदेखि झोला बोकेर गाउ…