कांग्रेसमा \'५०/५०\' अभियान : ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गर्नुपर्ने नेता शाहीको प्रस्ताव

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका युवा नेताहरूले आगामी निर्वाचनमा नेतृत्वलाई दबाब दिन ५०-५० अभियान सुरु गरेका छन्। अभियानअन्तर्गत युवा नेता भुपेन्द्रजंग शाहीले ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गर्नुपर्ने प्रस्ताव राखेका छन् । ‘कांग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन आगामी निर्वाचनमा ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट अनिवार्य दिनुपर्ने हाम्रो माग हो,’ उनले अभियानबारे नयाँ पत्रिकासँग भने।  

अभियानअन्तर्गत युवा नेताहरूले शीर्ष नेतहरूलाई निर्वाचनमा सिट बाँडफाँडमा ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट र ५० वर्षमाथिकालाई ५० प्रतिशत टिकट वितरण हुनुपर्ने माग गरेका छन्। नेता शाहीका अनुसार युवाको सहभागिता बढाउन, पार्टीमा परिवर्तनको सन्देश दिन, युवा मतदाताको आकर्षण बढाउन, युवाको ऊर्जा, क्षमता र जोस जाँगरलाई पार्टी र देश निर्माणमा सदुपयोग गर्न र कांग्रेसलाई बलियो, सशक्त, गतिशील र निर्वाचनमा बहुमत प्राप्त गर्ने अभियानको उद्देश्य रहेको छ । 

सुझावित समाचार