कोरोना संक्रमण बढेसँगै मृत्युदरसमेत बढेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित तीनजनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा तीनजनाको मृत्यु भएको जानकारी दिइएको हो । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ ।
देशभर थप ८६८ जनामा संक्रमण पुष्टि भएको छ । तीन हजार ६१४ पिसिआर परीक्षण गर्ना ४९६ र तीन हजार ९१ एन्टिजेन परीक्षण गर्दा ३७२ नयाँ संक्रमित फेला परेका हुन् । नेपालमा हाल ५ हजार ८८५ सक्रिय संक्रमित रहेका छन् ।
२४ घण्टामा कुल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ४१४ निको भएका छन् भने एक लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोनाबाट तीनको मृत्यु, ८६८ नयाँ संक्रमित
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
४ हप्ता अघि
व्यवसायी शंकरलाल अग्रवाल फेरि थुनामा
४ हप्ता अघि
१७ सहसचिवको सरुवा, काे कहाँ ? [सूचीसहित]
४ हप्ता अघि
सुझावित समाचार
शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
हिमाल आरोहणबाट ३१ करोड ८० लाख रुपैयाँ रोयल्टी संकलन
सरकारविरुद्ध ओली आक्रामक : देशको स्वतन्त्रता र स्वाधीनता नै बन्धक बनेको आरोप
काठमाडाैं/एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारविरुद्ध आक्रमक रूपमा प्रस्तुत भएका छन् । तीन साता…
सामान्य परिमार्जनसहित प्रहरीमा स्टाफ कलेजलाई निरन्तरता
स्टाफ कलेज संगठनको बृहत्तर हितमै रहेको अध्ययन समितिको निष्कर्ष, यो वर्ष ०७० का ब्याचलाई मात्र अवसर प्रहरी लिडरसिप …
चोरी आरोपको बदला लिन व्यवसायी गुप्ताको हत्या
मुख्य योजनाकार आलमसहित दुई बालक पक्राउ
उदयपुर सिमेन्ट उद्योग बन्द हुँदा चुनढुंगा ढुवानी गर्ने रोपवे जीर्ण बन्दै
उदयपुर/सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको चुनढुंगा ढुवानी गर्ने रोपवे लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण…
मदिरामा भएको विवादमा आफ्नै साथीको हत्या
कास्की/ मादक पदार्थ सेवनका क्रममा भएको विवादपछि आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ प…