परराष्ट्रमन्त्री डा‍.नारायण खड्का आज राति चीन जाँदै, ३ दिने भ्रमणको सेड्युल के छ?

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा.नारायण खड्का मंगलबार राति जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन्। चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उनले चीन भ्रमण गर्न लागेका हुन्।

मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म‌ंगलबार राति चीन प्रस्थान गर्नेछन्। दुवै मन्त्रीहरूले यही साउन २५ गते चीनको चिङ्दाओमा आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ।

विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्नेछन्। मन्त्री खड्का तीनदिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौं फर्कने मन्त्रालयले जनाएको छ।

सुझावित समाचार