निर्वाचन प्रयोजनका लागि एमालेले गरायो दल दर्ता

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण
निर्वाचन प्रयोजनका लागि एमालेले गरायो दल दर्ता

तस्बिर : दीपेन्द्र ढुंगाना

निर्वाचन प्रयोजनका लागि नेकपा (एमाले)ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले मंगलबार आयोगमा दल दर्ता गराएको हो।

हरेक निर्वाचनअघि दल दर्ता गराउने प्रावधानअनुरूप एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दल दर्ता गराएको हो। आयोगले दल दर्ताको अवधि साउन २२ देखि ३१ सम्म तोकेको छ।

सुझावित समाचार