निजामती सेवाबाहिरबाट लडेर जसले एकैपटकमा स्वास्थ्यको ११औँ तहमा नाम निकाले

शनिबार, २१ साउन, २०७९
डिजिटल संस्करण

कास्कीका डा. अपार लामिछाने यस्ता अपवाद हुन्, जसले निजामती सेवाबाहिरबाट भिडेर एकैपटक स्वास्थ्य सेवाको ११औँ तह अर्थात् सहसचिवमा नाम निकाले । खुला प्रतिस्पर्धामा समेत अधिकांश निजामती सेवाकै कर्मचारी हुने र नाम पनि उनीहरूकै निस्कने गरेकामा उनी भने यसका अपवाद हुन् । 

३६ वर्षको उमेरमा गत वर्ष ०७८ पुसमा उनले सहसचिवमा नाम निकालेका हुन् । ‘म खुलाबाट सीधै लडेको हुँ, नाम निस्कियो,’ उनले भने । यद्यपि, उनीसँग बिपी कोइराला मेमोरियल हस्पिटल र ट्रमा सेन्टरमा करारमा काम गरेको अनुभव भने थियो । लामिछाने अहिले वीर हस्पिटलमा प्लास्टिक सर्जरी विभागका प्रमुख कन्सल्ट्यान्ट हुन् । 

यो पनि पढ्नुहोस्>> प्रशासन हाँक्ने युवा : ४० भन्दा कम उमेरमै नीतिगत तहमा पुगेका छन् ३२ युवा 

See More On

सुझावित समाचार