लगानीकर्ता नाफा सुुरक्षित गर्ने होडमा लाग्दा बजारमा उतारचढाव

शनिबार, २१ साउन, २०७९
डिजिटल संस्करण

नेप्से परिसूूचक शुक्रबार ३४ दशमलव ६१ अंकले घटेर दुुई हजार एक सय १३ दशमलव ५५ बिन्दुुमा आइपुुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स पाँच दशमलव ८० अंकले घटेर चार सय ६ दशमलव ४५ बिन्दुुमा आइपुुगेको छ । 

सेयर बजारमा चार दिन निरन्तर करेक्सन आइरहेको छ । लगानीकर्ता नाफा सुुरक्षित राख्ने होडमा लाग्दा बजारमा उतारचढाव आइरहेको हो । नेप्से सूूचक अहिले दुई हजार एक सय अंकको मनोवैज्ञानिक बिन्दुुमा रहेको छ । यस हप्ताभरि बजारले दुई हजार दुई सयको टेवा परीक्षण गर्न खोजिरहे पनि दुई हजार एक सय अंकमै स्थिर रहेको छ ।

शुक्रबार भएको दुुई घन्टाको कारोबारमा दुुई अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुुई सय १३ कम्पनीको ६४ लाख १६ हजार कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

सर्वाधिक कारोबार शिवम् सिमेन्ट, नबिल बैंक, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी र अरुण काबेली पावर कम्पनीको पाँच करोड रुपैयाँदेखि १५ करोड ६६ लाख रुपैयाँको भएको छ । घटेको बजारमा मैलुुङ खोला जलविद्युुत् परियोजना, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, युनाइटेड इदी मर्दी हाइड्रोपावर, सामलिङ पावर कम्पनी र इमर्जिङ नेपाल पाँच दशमलव ४४ देखि सात दशमलव १८ प्रतिशतले घटेको छ ।

यस दिन लगानीकर्ताको आकर्षण जलविद्युुत् समूूहमा देखिएको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्लोबल आइएमई समुुन्नत स्किम, उपकार लघुवित्त वित्तीय संस्था, कालिका लघुुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनीको दुुई करोड रुपैयाँदेखि पाँच दशमलव ९१ प्रतिशतले बढेको छ ।

See More On

सुझावित समाचार