राजीनामा दिएका एआइजी पोखरेल अनिवार्य अवकाशमा

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

प्रहरी महानिरीक्षक नियुक्ति विवादमा अदालतबाट मुद्दा हारेपछि राजीनामा दिएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । राजीनामा स्वीकृत नहुँदै उनले बिहीबारदेखि अवकाश पाएका हुन् । 
एआइजीको ५६ वर्षे उमेरहदका कारण पोखरेलले अवकाश पाएका हुन् । आफूभन्दा डेढ वर्ष जुनियर एआइजी धीरजप्रताप सिंहलाई सरकारले आइजिपीमा बढुवा गरेको भन्दै उनी त्यसविरुद्ध सर्वाेच्च अदालत पुगेका थिए । 
गत ३१ असारमा सर्वाेच्चले उनको रिट खारेज गरिदिएपछि पोखरेलले राजीनामा दिएका थिए । राजीनामाको सनाखत हुन नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले स्वीकृतिको प्रक्रिया बढाएको थिएन । यही बीचमा उनले अवकाश पाएका हुन् । उनको अवकाशसँगै प्रहरीमा एआइजीको एक पद रिक्त भएको छ ।
 

सुझावित समाचार