बराह सहकारीपीडित संघर्ष समितिका प्रवक्ता प्रदीप बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले बुधबार उनलाई पक्राउ गरेको हो ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता बाँस्तोलाविरुद्ध आफ्नो कार्यालय तोडफोड तथा आफूविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीमा सोमबार जाहेरी दिएका थिए । प्रहरीले जिल्ला अदालत सुनसरीबाट मंगलबार पक्राउ अनुमति पाएपछि उनीहरूको खोजी सुरु गरेको थियो । बाँस्तोलालाई धरानबाटै प्रहरीले पक्राउ गरेको हो । संयोजक नेपालीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार मेयर साम्पाङले राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको र सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको भनेर जाहेरी दिएका छन् ।
गत आइतबार बराह बचत तथा ऋण सहकारीको बचतकर्ताहरूको रकम हिनामिना भएको विषयमा छानबिन समितिको बैठकमा पीडितहरूलाई मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र ? भनेपछि पीडितहरू आक्रोशित भएका थिए ।
मेयर साम्पाङकै कारण आक्रोशित भिडले मेयर साम्पाङविरुद्ध नाराबाजी, गालीगलौजसँगै उहाँको कार्यकक्षको सिसा तोडफोड भएको थियो । आन्दोलनमा सयौँ व्यक्तिहरूको सहभागिता रहेको थियो । बराह सहकारीबाट मागेर खानेदेखि प्रहरी, चिकित्सक, गृहणी, भूपू सैनिक, पत्रकार, कर्मचारीलगायत पीडित छन् । १५ हजारदेखि ३ करोडसम्म बचत गरेको पैसा पीडितहरूले लिन पाएका छैनन् ।
बराह ऋण तथा बचत सहकारीले बचतकर्ताहरूले राखेको करिब ८ अर्ब रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले संघर्ष समिति बनाएका थिए । बराहबाट पीडित ८ सय ८८ सेयर सदस्यको रूपमा हिसाब देखाएको छ । पीडितमध्येकै ८ हजार ७०० भन्दा बढीलाई भने सेयर सदस्यमा समेत राखेका छन् ।
सहकारीहरूले सेयर सदस्यहरूसँग मात्र कारोबार गर्न पाउँछन् । तर, बराहले नियतवश उनीहरूलाई सेयर सदस्य नै नबनाई कारोबार गरेको देखिन्छ । बराह ग्रुपको नाममा बराहले धरान, भेडेटार, चितवन, काडमाडौं, पोखरा, हङकङलगायत स्थानमा व्यवसाय गर्दै आएको छ । पछिल्लो समय बचतकर्ताको पैसा अन्य व्यवसायमा लगानी गरेपछि बचतकर्ताको रकम बराहले फिर्ता गर्न सकेको छैन ।
धरानका मेयरको उजुरीपछि बराह सहकारीपीडित संघर्ष समितिका प्रवक्ता पक्राउ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
सुदूरपश्चिमको बजेट पारित, मंसिरमा पूरक बजेट ल्याइने सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट प्रदेश सभाबाट…
भारतीय समकक्षीसँग गृहमन्त्री गुरुङको भेटवार्ता
काठमाडौं-भारतको नयाँदिल्लीमा रहेका गृहमन्त्री सुदन गुरुङले आफ्ना समकक्षी भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका…
राष्ट्रपतिले जारी गरे वन र भूमिसम्बन्धी दुई अध्यादेश
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मंगलबार…
परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल मेउलीबिच परराष्ट्र मन्त्रालयमा शिष्टाचार …
पूर्वउपसभामुख इन्दिरा रानामगर बैंकक प्रस्थान
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा रानामगर थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन्। अक्टोबर १४ मा आयोजना ह…
मुख्यमन्त्रीहरूले भने- प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन
प्रदेशलाई अधिकार नदिने, खर्चिलो भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति असन्तुष्टि