कपिलवस्तुको वाणगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

बुधबार, १८ साउन, २०७९
डिजिटल संस्करण

कपिलवस्तुको वाणगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बुधबार बिहान वाणगंगा– २ पिपराको  लखनचोक आउँदै गरेको लु.६४प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गोवडीहवास्थित रूखमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

इलाका प्रहरी कार्यालय पिपराका प्रमुख दीपकबाबु केसीका अनुसार मोटरसाइकलचालक  वाणगंगा– २ निवासी २५ वर्षीय रमेश विक र मोटरसाइकलको  पछाडि बसेका  २७ वर्षीय गोपाल विकको ज्यान गएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

सुझावित समाचार