तस्बिरमा नारायणगढ–मुग्लिन सडकको पहिरो

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै सुचारु हुन सकेको छैन। निरन्तरको वर्षाका कारण भरतपुर– २९ को केराबारीस्थित मौरी खोला पुलमा पहिरो जान रोकिएको छैन।

इच्छाकामना गाउँपालिका– ६ को २ र ३ नम्बर पुलको बीच तथा भरतपुर– २९ सत्रकिलोको पहिरो पन्छाउने काम सकिए पनि मौरी खोला पुलको पहिरो पन्छाइसकिएको छैन। पहिरो पन्छाउने क्रम जारी रहे पनि यात्रुहरू जोखिम मोलेरै वारपार गरिरहेका छन्।

तस्बिरहरू :

सुझावित समाचार