कपिलवस्तुको कोइली नदीमा एकै परिवारका दुईजना बेपत्ता

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली नदीले बगाउँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन्। नदीले वाणगंगा– ७ बस्दै आएका श्रीमान्–श्रीमतीलाई बगाएको हो।

नदी तर्ने क्रममा उनीहरूलाई नदीको बहावले बगाएको हो। श्रीमान् वीरबहादुर सुनार र श्रीमती लक्ष्मी सुनारलाई नदीले बगाएपछि अहिले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयले उद्धार गर्न सफल भएका छन्।

सुझावित समाचार