लागुऔषधसहित चारजना प्रहरीको नियन्त्रणमा

सोमबार, १६ साउन, २०७९
डिजिटल संस्करण

हेटौँडाबाट लागुऔषधसहित प्रहरीले चारजना युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागुऔषधसहित दुई महिला र दुई पुरुषलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले हेटौँडा–४, चिल्ड्रेनपार्कनजिक चौतारी होटेलबाट चारजना पक्राउ गरेको हो। प्रहरीले हेटौँडा–२ का ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौँडा–४ का ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौँडा–१३ की २६ वर्षीया आहाना भन्ने अल्बिना तामाङ र हेटौँडा–१२ घर भई हाल हेटौँडा–११ मा डेरामा बस्ने २५ वर्षीया ईशा घलानलाई पक्राउ जनाएको छ। प्रहरीले उनीहरूको साथबाट १३ बोतल कोरेक्स फेला पारेको छ। 
 

सुझावित समाचार