बैंकिङ कसुर मुद्दामा दुई दिन कैद सजाय पाएका फरार अभियुक्त पुनः पक्राउ

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण

बैंकिङ कसुर मुद्दामा दुई दिन कैद सजाय पाएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अदालत पठाएको छ। २७ पुस ०७७ मा बैंकिङ कसुर मुद्दामा सुनसरी अदालतबाट दुई दिन कैद र नौ लाख ५० हजार जरिवाना सजाय फैसला भएका फरार प्रतिवादी मोरङ रतुवामाई नगरपालिका– ६ का ३२ वर्षीय लक्ष्मण कार्कीलाई प्रदेश १ प्रहरीको विशेष टोलीले  पक्राउ गरेर अदालतमा बुझाएको हो  । 

फरार अभियक्त कार्कीलाई प्रहरीले बिहीबार धरान उपमहानगर– १२ छाताचोकबाट पक्राउ गरेको हो । कार्कीलाई बेरुजु असुल गराउन र कैद सजाय भुक्तानका लागि सुनसरीको झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।   

See More On

सुझावित समाचार