चिप्लिएर नारायणीमा खसेका एक पुरुष बेपत्ता

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण
चिप्लिएर नारायणीमा खसेका एक पुरुष बेपत्ता

फाइल तस्बिर

नारायणी नदीमा चिप्लिएर लड्दा एक पुरुष बेपत्ता भएका छन् । बिहीबार बेलुका करिब ५ बजे भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा गोरखा आरुघाट घर भई हाल भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता खनालको विपद् उद्धारसहितको टोलीले खोजी कार्य गरिरहेको छ । 

सुझावित समाचार