अमेरिकी दूतावास भन्छ– सहायक विदेशमन्त्रीको नियमित भ्रमण हो

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नियमित भ्रमणको क्रममा नेपाल आउन लागेको नेपालस्थित अमेरिकी दूतावासले स्पष्ट पारेको छ । अमेरिकी दूतावासले बिहीबार विज्ञप्ति जारी गरी यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु दुईदिने भ्रमणमा नेपाल आउन लागेको स्पष्ट पारेको हो ।

त्यसक्रममा सहायक विदेशमन्त्री लुले नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने कर्पोरेट एक्सलेन्स अवार्ड प्रदान गर्ने दूतावासले जनाएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा पूर्णा परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्ने कम्पनी भएको उल्लेख छ । ‘नेपाल बसाइका क्रममा लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्नुहुनेछ,’ विज्ञप्तिमा उल्लेख छ । 

सुझावित समाचार