वरिष्ठ देउडा गायक हरिचन्द्र कडायतको निधन

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङ छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लाका ५५ वर्षीय कडायतको सेती प्रादेशिक अस्पतालमा बुुधबार निधन भएको हो ।

अचेत अवस्थामै उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्याइएका कडायतको स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
उनको मस्तिष्क घातका कारण मृत्युु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । कडायत ०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय थिए । कडायतले ‘कर्णालीका भेल,’ ‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत चर्चित गीतमा गाएका थिए ।

सुझावित समाचार