जबर्जस्ती करणी र बाल यौन दुरुपयोगको अभियाेगमा छजना कारागार चलान

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण
जबर्जस्ती करणी र बाल यौन दुरुपयोगको अभियाेगमा छजना कारागार चलान

फाइल तस्बिर

ताप्लेजुङ जिल्ला अदालतले जबर्जस्ती करणी र बाल यौन दुरुपयोगको अभियोगमा चार पुरुष र दुई महिला गरी छजनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी र बाल यौन दुरुपयोग गरेको अभियोगमा अनुसन्धानमा रहेका छजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । 

ताप्लेजुङ जिल्ला अदालतका श्रेस्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार तीन पुरुषलाई जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा र  १ पुरुषलाई जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अभियोगमा मतियार बनेको तथा दुई महिलालाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कार्य गरी बाल यौन दुरुपयोग गरेको अभियोगमा अनुसन्धान गरी अदालतमा पेस गरिएको थियो । उनीहरूलाई कानुनअनुसार अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको श्रेस्तेदार रेग्मीले  बताए ।    

अदालतको आदेशबमोजिम चार पुरुष ताप्लेजुङ कारागार चलान भएका छन् भने ताप्लेजुङमा महिला कारागार नभएका करण दुई महिलालाई पाँचथर कारागार पठाइएको बताइएको छ । 

सुझावित समाचार