सिसिटिभी प्रकरण : फरेन्सिक ल्याबका विज्ञहरूसँग छानबिन समितिले आजै छलफल गर्ने

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टको प्राविधिक विषयमा फरेन्सिक ल्याबका विज्ञहरूसँग छलफल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रहरीको फरेन्सिक ल्याबको रिपोर्ट ल्याबका विज्ञहरूसँगबाटै जानकारी लिन लागेको हो ।

बैठकपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताए । उनले फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट प्राविधिक भएकाले ल्याबका विज्ञसँग छलफल गरेर थप अध्ययन गर्न मंगलबार दिउँसो ४ बजेको बैठकमा विज्ञलाई आमन्त्रण गरिएको बताए । सचिव अर्यालले  ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गरेपछि मात्रै अन्य थप जानकारी दिन सकिने बताए । 

समितिले अर्थ मन्त्रालयले अर्थ मन्त्रालयको असार १३ र १४ गतेको सिसिटिभी डिलिट भएको जानकारी गराउँदै मन्त्रालयको सिसिटिभीको हार्डडिक्स नै समितिलाई दिएको थियो । समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्न नेपाल प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । फरेन्सिक ल्याबले सोमबार समितिलाई हार्डडिक्स फिर्ता गरेको थियो । 
 
 
 
 

सुझावित समाचार