हुम्लाको सल्लीसल्लामा म्याद गुज्रिएका सामान बिक्री–वितरण

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

हुम्लाको चंखेली गाउँपालिकास्थित सल्लीसल्ला बजार क्षेत्रमा गाउँपालिकाले पहिलोपटक अनुगमन गरेको छ। अनुगमनका क्रममा पसलहरूमा म्याद  गुज्रिएका सामान फेला परेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिएका छन्।

तेल, मसला, खुर्सानी, चिया, बिस्कुट, पेय पदार्थलगायतका उपभोग्य सामानको म्याद सकिएको पाइएको हो। ‘बजार अनुगमन गर्दा अधिकांश थोक किराना पसलमा म्याद गुज्रिएका सामान भेटेका छौँ। पहिलोपटकलाई यस्ता सामान नबेच्न चेतावनी दिएका छौँ,’ अध्यक्ष शाहीले भने।

यसपटकलाई म्याद सकिएका सामान नष्ट गर्ने सर्तमा छाडिए पनि अर्कोपटक अटेर गरेको पाइए नयाँ ढंगले कारबाही गर्ने चेतावनी दिएको शाहीले बताए। उनका अनुसार ती पसलहरू दर्तासमेत नभएकाे पाइएको छ।

बाजुरा, मुगु, हुम्लालगायतका क्षेत्रबाट आएर व्यापारीले उपभोक्तालाई म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्दै आएको गुनासो बढेपछि गाउँपालिकाले अनुगमन गरेको हो।

See More On

सुझावित समाचार