ऋणपत्रलाई आगामी असार मसान्तसम्म सिडी रेसियोमा गणना गर्न पाइने

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण

बैंक तथा वित्तीय संस्थाहरूले आगामी असार मसान्तसम्म ऋणपत्रमार्फत आएको पुँजीलाई कर्जा निक्षेप अनुपात (सिडी रेसियो)मा गणना गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि गत असार मसान्तसम्म ऋणपत्रलाई सिडी रेसियोमा गणना गर्न पाउने व्यवस्था थियो।

सुझावित समाचार