कोदालो प्रहार गरी भतिजाले गरे काकाको हत्या

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण

महोत्तरीको पिपरा गाउँपालिका– ५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ४० वर्षीय भतिजा रामनाथ दासले ६० वर्षीय काका रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

बिहीबार खेतमा काम गरेर घरभन्दा दुई सय मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालोले तत्कालै काकाको टाउकामा प्रहार गरेर हत्या गरेका थिए । रामनाथले काका रामबहादुरको टाउकामा कोदालो प्रहार गर्ना साथ घटनास्थलमै उनकाे मृत्यु भएको थियो ।

घटनाबारे प्रहरीले साँझ मात्रै जानकारी पाएरकाे थियाे । शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि गएराति जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । काका हत्या गर्ने भतिजालाई पनि घरैबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी  दिए । 
 

See More On

सुझावित समाचार