बालेन साह आफैँ पुगे आगलागीस्थल

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको एक गोदाममा भीषण आगलागी भएको छ । 

आगलागीको खबर सुनेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफैँ आगलागीस्थल पुगेका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाको दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको छ । 

अग्नि नियन्त्रकहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तथा स्थानीय आगो नियन्त्रणमा जुटेका छन् । प्रहरीका अनुसार भृकुटीमण्डपमा रहेको ह्विलचेयर गोदाममा आगो लागेको छ । 

आगलागीको कारण खुल्न सकेको छैन । 

सुझावित समाचार