गभर्नरलाई बर्खास्त नगरे आन्दोलनमा उत्रने अखिल (क्रान्तिकारी)को चेतावनी

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) निकट भ्रातृ संगठनहरू वाइसिएल र अखिल (क्रान्तिकारी)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै प्रदर्शन गर्ने बताएका छन् । प्रदर्शन अपराह्न ४ बजे माइतीघरबाट संयुक्त रूपमा सुरु हुने अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जिपी मैनालीले जानकारी दिए ।

गभर्नर अधिकारीकाे नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसँगै गभर्नर अधिकारीविरुद्ध सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । बुधबार संसदमा आर्थिक सुधारका निम्ति सरकार र राष्ट्र  बैंकलाई  सुझाव दिने क्रममा कांग्रेस महामन्त्री गगन थापाले गभर्नर एमाले नेता रहेकोप्रति व्यंग्यसमेत गरेका थिए । 
    
महाप्रसाद अधिकारी नैतिक रूपमा राष्ट्र बैंकको गभर्नरको पदमा बसिरहन नमिल्ने भन्दै ती संगठनहरूले सडकसंघर्ष सुरु गरेको बताएका छन् । अखिल (क्रान्तिकारी)ले बुधबार अध्यक्ष पञ्चा सिंहको नाममा विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीको राजीनामा माग गरेको छ । अधिकारी एमालेको अर्थ योजना विभागको सदस्य रहेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी)ले उनलाई बर्खास्त गर्न सरकारसँग मागसमेत गरेको छ । 

बुधबार अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा गभर्नरलाई बर्खास्त नगरे आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ।

सुझावित समाचार