इन्द्रेणी मसरुम फार्मले आइपिओ जारी गर्ने

बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

निष्कासन तथा बिक्री प्रबन्धकको सम्झौतामा मसरुम फार्मका अध्यक्ष धर्मेन्द्र महर्जन र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेको जनाइएको छ । नेपालमा च्याउखेतीको सरुवात भएको लामो समय भए तापनि आधुनिक च्याउखेतीको विकास र विविध चरणमा च्याउ उद्योगले प्रयास गरेको भए तापनि सफल हुन नसकिएको अवस्थामा इन्द्रेणी मसरुम फार्मले नेपालमा पहिलोपटक आधुनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गर्न सफल भएको जनाइएको छ ।

फार्मको उद्देश्यअनुसार नेपालमा गुणस्तरीय च्याउ उत्पादन गर्ने योजना बनाई उक्त कम्पनीले स्थापनादेखि द्रुत गतिमा आफ्नो क्षमता वृद्धि गर्दै आइरहेको जनाइएको छ । कम्पनीले आधुनिक च्याउ फार्म सुरु भएको केही समयमै ऐतिहासिक रूपमा नयाँ प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न सुरु गरेको र हाल दैनिक रूपमा च्याउ उत्पादन गर्दै आइरहेको जनाएको छ ।
 

सुझावित समाचार