१३बुँदे माग राख्दै नेकपा एसनिकट विद्यार्थीले थाले आमरण अनशन

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले आमरण अनशन सुरु गरेका छन्। त्रिभुवन विश्वविद्यालयमा रहेका विकृति, विसंगति र शैक्षिक अपराधीकरणका विरुद्ध दुईजना आमरण अनशन सुरु गरेका हुन्। 

अध्यक्ष सुदेश पराजुलीले आफ्ना माग त्रिवि सुधारका लागि भएको र सम्बोधन नभएसम्म आमरण अनशन जारी राख्ने बताए । १३बुँदे माग राखी अनशन बसेका छन् । अनेरास्ववियुले एमफिल र पिएचडीलाई नियमित तथा सर्वसुलभ बनाउन माग गरेको छ। दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १४ वर्षसम्म नभएको र तत्काल मिति घोषणा गरी रचनात्मक क्रियाशीलताको साझा मञ्च बनाउनुपर्ने, पछिल्लोपटक त्रिवि सेवा आयोगले लिएको परीक्षाको नतिजा शून्य आएको घटनाबाट विश्वविद्यालयको गरिमामा आँच पुगेको र यसको पहिचान गरी परिणाममुखी प्रणाली स्थापना गर्नसमेत माग गरेको छ। 

अनेरास्ववियुका पदाधिकारी अनशनमा बसेपछि त्रिविले वार्ता टोली बनाएको छ। खेलखुद निर्देशनालयका प्रमुख प्रा.पशुपति अधिकारीको संयोजकत्वमा वार्ता टोली बनाएको हो। अनेरास्ववियुका अध्यक्ष पराजुलीले पदाधिकारीसँगको वार्तामा मात्र बस्ने बताए।

सुझावित समाचार